२०८३ बैशाख १८ गते शुक्रवार

रोल्पाको जीप दुर्घटनामा दाङका एकै परिवारका ८ जनाको मृत्यु


दाङ, बैशाख १८ ।
रोल्पामा बिहीबार दिउँसो भएको जीप दुर्घटनामा परि दाङका एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरका मृतक युवा बिसीकी आमा ५० वर्षीया द्रोपती जिसी, बुवा यमबहादुर जिसी, युवाकी बहिनी २५ बर्षीया एलिसा जिसी , उनका ७ बर्षीय छोरा संयोग थापा, युवाको भाउजु ३२ बर्षीया तिला जिसी उनका छोरा जेनिस जिसी र छोरी १२ बर्षीया जेनिसा जिसीको दुर्घटनामा परि मृत्यु भएको छ । दुर्घटनामा परि आफन्त घोराही–१२ गुर्जे बस्ने धनमाया बिष्टको मृत्यु भएको छ ।

रोल्पा दुर्घटनामा परि युवाको घर र माइती पक्षका गरि १५ जनाको मृत्यु भएको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ की २८ वर्षीया युवा बिसीका छोरा १० वर्षीय दिव्यन बिसी, युवाकी सासु आमा ५३ वर्षीया तिलकुमारी बिसी, देवर २८ वर्षीय गोर्ख विसी, ४० बर्षीया अन्टी ओमकुमारी बुढाथोकी, ओमकुमारीकी छोरी २४ वर्षीया सृजना बुढाथोकी र ओमकुमारीका छोरा १३ वर्षीया सुदीप बुढाथोकीको पनि दुर्घटनामा परि मृत्यु भएको छ ।


सोही जीप दुर्घटनामा परि दाङको शान्तिनगर गाउँपालिका – ८ घर रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ बस्दै आएका चालक ४२ वर्षीय बेदु कामी, उनकी सासु आमा सिस्ने –५ की ६० वर्षीया मीना बिक , सिस्ने – ५ की ६० वर्षीया लक्ष्मी शाह , सिस्ने–५ का २७ वर्षीया रुकमिना थापा बस्नेत र भुमे गाउँपालिका–५ का टेकप्रसाद बुढाको पनि मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाएकी युवा बिसी हाल अमेरिकामा रहेका दीपक बिसीकी श्रीमति हुन । युवा छोरा दिब्यनसहित बैशाख २८ गते अमेरिका उड्ने तयारी गरि रहेकी थिइन ।
अमेरिका उड्नु भन्दा पहिले युवाले माइती र घरका सबैलाई भनेर जलजलाको दर्शन गर्ने र भाकल गर्न चाहेकी थिइन । तर, दुभाग्य उनको त्यो चाहाना पुरा हुन पाएन ।
माइती इष्ट दुबै पक्षका गरि थप १५ जनाको जीप दुर्घटनामा परि एकै साथ मृत्यु हुन पुग्यो ।
दुर्घटनामा परि ४ बालबालिका, ४ पुरुष र १२ महिला गरि कुल २० जनाको मृत्यु भएको छ ।
जीपमा सवार २१ जना मध्य परि एक जना मात्रै बाँच्न सफल भए । उनी रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ का ३२ बर्षीय समिर बिक हुन । तर बिकले आफ्नी आमा ६० वर्षीया मीना बिक र जीप चालक भिनाजु बेदु बिकलाई भने दुर्घटनामा गुमाउनु परेको छ ।

छतमा बसेका समिर गाडी संगै खसेपनि रुखको जरा समातेर ज्यान जोगाउन सफल भएका थिए ।
बिहीबार दिउँसो पौने ३ बजे थवाङ गाउँपालिका–१ सल्यापमा लु १ ज ४१६७ नम्बरको जिप सडकबाट झन्डै ८०० मिटर तल खसेको थियो । दिउँसो जीप दुर्घटनामा परेको भएपनि अप्ठेरो भूगोलका कारण शुक्रबार मात्रै शबहरु निकाल्न संभव भएको थियो ।
बिहीबार राति सबैको शब एकै ठाउँमा जम्मा गरि पहरोमा राखिएको थियो । शुक्रबार बिहानदेखि सुरक्षाकर्मीले कतिपय शबहरु आँफैले बोकेर र कतिपय शबहरु डोरीले बाँधेर तान्दै माथि बाटोसम्म पुर्‍याएका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *