२०८१ भाद्र २३ गते आइतवार

कविता:उन्मादमा पोखिएको वैंश


डिल्ली बस्नेत “संगीत

उन्मादको आगोले जल्छ वैश जहाँ
सम्झनामै तड्पिन्छ, सपनाको दियो त्यहाँ।
प्रेममा पागल भई, हराए यी जवानी,
एकादेशकाे कथा जस्तै भयो कहानी ।।

आफ्नै स्वार्थमा लुटिँदै, जिन्दगीको बाजी राख्दै
हार भए आत्महत्याको, बाटो तिर लाग्दै
शिक्षा र संस्कारको, गहिराइलाई भुल्दै,
पश्चिमेली हावामा, उड्न खोज्छ झुल्दै।।

भौतिक सुखमा मात्र, खोज्दैछ सन्तुष्टि,
मनको आर्तनाद, बुझ्न सक्दैन यो बस्ती।
भुलिएको माटो, छुटेको संस्कार,
यी सबैले गर्दा बन्यो जिन्दगी बेकार।

कहाँ हरायो सपना, कस्तो थियो लक्ष्य?
समयको चक्रमा, हराए सबै उद्देश्य।।
समाजको धरोहर, बन्दैछ केवल ध्वंश,
उन्मादमै छचलकिएर भ्रष्ट कुल वंश ।।
दिन बार उहीँ सधै, बैँस फेरिएछ
कामुकताकाे कालचक्र , हेर्दाहेर्दै घेरिएछ ।। समयको मूल्यसँगै पत्ता फुलकाे थुतिदिँदा
ज्युदाे लास भए कठै , जवानीमै रित्तिदिँदा ।।
उन्मादको आगो सल्क्याे गाउवस्ति खरानी भाे
क्षणिक तुष्टि कामवासना मान्छे कस्तो प्राणी भाे ।।
कठैबरा मेराे समाज उधाेगति जानथाल्याे
सभ्यता र संस्कृतिलाई रुढिबादी ठान्न थाल्याे ।।
प्रेम गर्नु तनलाई हाेइन रहेछ मनकाे द्वार खाेल्नु
जुनिजुनि सँगै ज्युदै मनमा अमृत रस घाेल्नु।।
कर्कलाकाे पानी जस्तो तर्की जाने जवानीले कालाे वादल छाईसक्याे प्रेमलिला कहानिले ।।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *