२०८३ असार ३१ गते बुधवार

तुलसीपुरका शिक्षक भण्डारी बलात्कार आरोपमा पक्राउ


तुलसीपुर , असार ३१ ।

तुलसीपुरका एक जना शिक्षक बलात्कार आरोपमा पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ७ का ४२ बर्षीय शिक्षक धनिराम भण्डारी अर्थात डिआर भण्डारी बुधबार पक्राउ परेका हनु ।
उनी माथि मंगलबार राति तुलसीपुर – ६ स्थित एक होटेलमा १७ बर्षीया किशोरीलाई बलात्कार गरेको भन्ने किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालले राति स्थानीयको सहयोगमा होटेल बाटै नियन्त्रणमा लिइएका सोही ठाउँका अर्का एक ब्यक्ति भने छुटेका छन् ।
पीडित किशोरीले शिक्षक भण्डारीको बिरुद्ध मात्रै किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।
‘पीडितले नै शिक्षक भण्डारीले आँफु माथि ढोका थुनेर जबरजस्ति बलात्कार गरेको बयान गरेकी छन् र जाहेरीमा पनि सोही कुरा उल्लेख गरेकी छन्,’ प्रहरी निरीक्षक हमालले भने ‘राति पक्राउ परेका अर्का एक ब्यक्ति भने निर्दौष छन् र त्यो बेला उनी थिएनन् भन्ने बयान गरेकी छन् ।’
बलात्कार पछि शिक्षक भण्डारी राति भागेपनि उनका साथी तथा होटेलको बाहिर फेला परेका अर्का एक ब्यक्ति माथि भने सोही होटेलमा रहको अन्य ग्राहकले सामान्ने कुटपिटसमेत गरेका थिए ।
बलात्कार पछि भागेका शिक्षकलाई बोलाउन भन्दै अर्का एक ब्यक्ति माथि होटेलका अन्य ग्राहकले कुटपिट गरेको प्रहरीले पनि बताएको छ ।
लगतै होटेलमै रहेका अन्य ग्राहले प्रहरीलाई सम्पर्क गरि घटना बारे अवगत गराएका थिए । त्यसपछि प्रहरी निरीक्षक हमाल नेतृत्वको टोली घटनास्थल पुगेर दुर्गा भण्डारीलाई नियन्त्रणमा लिएको थियो । पीडित किशोरीलाई उद्धार गरेको थियो ।
पीडितलाई हस्पिटल पुर्‍याएर स्वास्थ्य परीक्षण गराएको थियो । त्यसको रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मंगलबार राति तुलसीपुर उपमहानगरपालिका –६ स्थित एक होटेलमा मदिराले मातेका शिक्षक भण्डारीले सोही होटेलमा वयटरको काम गर्दै आएकी १७ बर्षीया किशोरी एक्लै भएको मौका छोपी आँफैले ढोका थुनेर बलात्कार गरेका थिए ।
जतिखेर वयटर किशोरी मागेको सामान पुर्‍याउन गएकी थिइन । ‘अडर पुर्‍याउन गएको समयमा जबरजस्ति ढोका बन्द गरि मुख थुनेर बलात्कार गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन,’ एक प्रहरी अधिकारीले भने ।

भण्डारी द्धयले संगै मदिरा सेवन गरि रहेको भएपनि किशोरी अडर पुर्‍याउन गएको त्यो समयमा दुर्गा बाहिर निस्किएको मौका छोपी शिक्षक भण्डारीले ती किशोरी माथि ढोका थुनेर जबरजस्ती बलात्कार गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।
बालात्कार पछि किशोरी ढोका खोलेर रुँदै बाहिर निस्किएर गुहार माग्न थालेपछि शिक्षक भण्डारी त्यहाँबाट भागेका थिए । प्रहरीका अनुसार उनी गाडी हाँकेर भाग्ने क्रममा नकिजै गाडी दुर्घटनामा परेको थियो । त्यसपछि उनी सडकमै गाडी छोडेर भागेका थिए । दुर्घटना ग्रस्त गाडी रातिमा प्रहरीले जेसिबीको साहेताले तानेर लगेको थियो ।

बलात्कार पछि फरार भएका भण्डारीको राति नै प्रहरीले खोजी गरेपनि फेला पार्न सकेको थिएन । बिहान किशोरीको किटानी जाहेरी पछि भण्डारी साढे ११ बजेतिर पक्राउ परेका थिए । प्रहरीका अनुसार पक्राउ परेका भण्डारी तुलसीपुर–७ स्थित एक बिद्यालयका शिक्षक हुन ।
प्रहरी बलात्कार आरोपमा पक्राउ परेका शिक्षक भण्डारीलाई बिहीबार अदालतमा म्याद थपका लागि लैजाने जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *