२०८३ असार ३१ गते बुधवार

ट्रयाक्टर दुर्घटनामा ७ बर्षीय बालकको मृत्यु , अर्का घाइते

दाङ, असार ३१ ।


प्यूठानमा बुधबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परि
एक जना ७ बर्षीय बालकको मृत्यु भएको छ । अर्का ७ बर्षीय बालक घाइते छन् । जिल्लाको नौबहिनी गाउँपालिका – ५ दामृमा दिउँसो पौने ३ बजेतिर रोकी राखेको राखेको भे २ त २०१९ नम्बरको ट्रयाक्टर एकाएक ब्याक भएको थियो ।

ट्रयाक्टर ब्याक भइ अन्दाजी ४०० मिटर तल खसेपछि स्थानीय गंगा घर्तीका ७ बर्षीय छोरा कुन्डन घर्ती गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थाका कुन्डनलाई जिल्ला अस्पताल बिजुवार पुर्‍याउना साथ चिकित्सकले बेलुका साढे ६ बजेतिर मृत घोषणा गरेका थिए ।


उक्त दुर्घटनामा परि स्थानीय रिमबहादुर बुढाका ७ बर्षीय छोरा पारश बुढा घाइते छन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी छ ।
जिल्लाका प्रहरी निरीक्षक कैलाश पराजुलीले ट्याक्टरका साहुसमेत रहेका चालक नौबहिनी –५ का २१ बर्षीय बिकाश परियार फरार छन् । उनको खोजी भइ रहेको छ ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *