दाङ , असार ३२ ।
कञ्चनपुरमा श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।
जिल्लाको दोधाराचाँदनी नगरपालिका–१० की ४५ वर्षीया श्रीमती पारु सुनारको कु्टपिट गरि हत्या गरेको आरोपमा उनका श्रीमान ५० वर्षीय रनबहादुर सुनार बिहीबार बिहान पक्राउ परेका हनु ।
पारुको बुधबार राति घरमै मृत्यु भएको थियो । जिल्ला प्रबक्ता डिएसपी टेकबहादुर रावतका अनुसार प्रहरीलाई बिहीबार बिहान साढे ८ बजे मात्रै घटना बारे जानकारी प्राप्त भएको थियो । रनबहादुर सुनारलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको डिएसपी रावतले जानकारी दिए ।
असार ३० गते बेलुकी पख श्रीमानले श्रीमति माथि कुटपिट गरेका थिए । ३१ गते नगर अस्पताल दोधारा चाँदनी अस्पतालमा उपचारका लागि पारुलाई लगिएको थियो । बिहीबार उपचारका लागि बाहिरका अस्पताल लैजाने भनेर उनलाई घरमा लगिएको थियो । बुधबार राति पारुको घरमै मृत्यु भएको थियो । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
