नेकपा संग सहकार्य हुने संभावना

दाङ, असार ३१ ।
कर्णाली प्रदेशका नेपाली काँग्रेसका चार जना मन्त्रीले बुधबार सामुहिक राजीनामा बुझाए । सुदुरपश्चिम प्रदेशमा पनि काँग्रेसले नेकपा एमालेका सबै चार जना मन्त्रीलाई पदमुक्त गर्यो । त्यहाँ एृमालेका तीन मन्त्री र एक राज्य मन्त्रीले सामुहिक राजीनामा बुझाए ।
लुम्बिनी प्रदेशमा पनि केन्द्रीय निर्देशन अनुसार बिहीबार काँग्रेसको संसदीय दलको बैठक आह्वान भएको छ । केन्द्रीय नीति अनुसार सबै मन्त्रीले सामुहिक राजीनामा बुझाउने तयारी गरेको स्रोतले बताएको छ ।
काँग्रेसले यसअघि मुलुक भरका सात वटै प्रदेशमा एमाल सँगको गठबन्धन तोड्ने निर्णग गरेको छ ।
काँग्रेसले एमाले सँगको सहकार्य तोडेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दल सँग सहकार्य गर्ने तयारी थालेको छ ।
बिगतमा कांग्रेस र एमालेबीच सबै प्रदेशमा आलोपालो नेतृत्व गर्ने सहमति थियो । त्यो सहमति कार्यान्वयनमा ढिलाइ भइ सकेको छ ।
