२०८२ असार २४ गते बुधवार

टी-२० त्रिकोणात्मक सिरिज : नेपालले स्कटल्यान्डसँग भिड्दै

काठमाडौँ,असार ३ । नेपालले स्कटल्यान्ड जारी टी-२० त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा आज साँझ घरेलु टोलीको सामना गर्दै छ।

नाटकीय बनेको आफ्नो पहिलो खेलमा तेस्रो सुपरओभरमा नेदरल्यान्ड्स सँग हारेको नेपाल दोस्रो खेलमा जित निकाल्दै उपाधि होडमा कायम रहने प्रयासमा हुने छ।

ग्लासगोमा साँझ ७:४५ मा सुरु हुने खेलमा नेपाल १२ वर्षपछि टी-२० फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। स्कटल्यान्डले पहिलो खलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेकाले लगातार दोस्रो खेलमा आफ्नो सोही लयलाई कायम राख्ने प्रयासमा हुने छ।

यसअघि एकदिवसीय खेलमा कडा प्रतिस्पर्धा भएका यि दुई टिमबिचको टी-२० पनि रोमाञ्चक हुने अनुमान गरिएको छ। नेपाल र स्कटल्यान्डबीच हालसम्म एक पटक मात्र टी-२० खेलमा प्रुतिस्पर्धा भएको छ।

१८ नोभेम्बर २०१३ मा आइसिसी विश्वकप टी-२० क्वालिफायरअन्तर्गत भएको खेलमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो।

त्यसयता नेपाल र स्कटल्यान्ड पहिलोपल्ट भिड्न लागेका हुन्। त्यसैले नेपाल स्कटल्यान्डलाई हराएर आफ्नो बदलिएको बलियो छवीलाई कायम राख्ने प्रयास गर्ने छ।

प्रकाशित मिति : २०८२ असार २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *