२०८२ असार ३१ गते बुधवार

हङकङ यू-१९ विरूद्धको सिरिजमा नेपालको विजयी सुरूवात


काठमाडौं,पुस १ । हङकङ यू-१९ टोलीविरूद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपाली यू-१९ टोलीले विजयी सुरूवात गरेको छ।

नेपालले सोमबार भएको पहिलो खेलमा ३ विकेटको जित निकालेको हो।

मुलपानीमा भएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४१.१ ओभरमा ११३ रनमा अलआउट भयो।

हङकङका लागि अब्दुल समादले नटआउट ५० रन जोडे। उनले ९८ बलमा ५ चौका प्रहार गरे। कप्तान तथा विकेटकिपर ब्याटर शिव माथुरले २० रन बनाए।

बलिङमा नेपालका सन्तोष यादवले ४ विकेट लिए। उनले ७ ओभरमा २ मेडन राख्दा ८ रन मात्र दिए। दयानन्द मन्डलले २ विकेट लिए।

११४ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २६.४ ओभरमा पूरा गर्‍यो। नेपालका लागि सिब्रिन श्रेष्ठले २३ रन, दिलसाद अलीले १८ रन र सन्तोष यादवले १५ रन बनाए।

बलिङमा हङकङका ड्यानियल मापले ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ३४ रन खर्चिए।

सिरिजको दोस्रो खेल अब बुधबार हुनेछ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *