एजेन्सी । भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ । गएको सोमवार आएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या बझै बढ्ने अनुमान छ ।
अहिलेसम्म १५ हजार जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । भूकम्पका कारण कयौँ घाइते भएका छन् ।
भग्नावशेषमा पुरिएका कतिपयको अझै उद्धार हुन सकिरहेको छैन । राहत तथा उद्धारका प्रयास भइरहेका छन् भने हराइरहेकाहरुको खोजी पनि भइरहेको छ ।
आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना गरेका छन् । तर, राष्टपति एर्दोगानले भने सरकारको बचाउ गरेका छन ।
उनले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गर्दै स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका छन ।
आलोचकहरुले राहत र उद्धारको काम छिटो छरितो हुन नसकेको र सरकारी तयारी पनि प्रभावकारी नभएको प्रतिक्रिया दिएका छन् ।