२०८२ असार २३ गते मङ्गलवार

दक्षिण इजरायलको आवासीय भवनमा मिसाइल प्रहार हुँदा ९ जना घाइते


काठमाडौं ,असार १० । दक्षिण इजरायलको बियर शेभा सहरको एउटा आवासीय भवनमा मिसाइल प्रहार भएको छ।

इजरायल फायर एन्ड रेस्क्युकी प्रवक्ता शिराल बेन डेविडका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान मिसाइल प्रहार भएको हो।

उद्धार टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्यमा जुटिरहेका इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्।

टाइम्स अफ इजरायलले बियर शेभामा भएको मिसाइल आक्रमणमा ९ जना घाइते भएको उल्लेख गरेको छ। जसमा ३ जना गम्भीर, १ जना मध्यम र थप ५ जना सामान्य घाइतेको उपचार भइरहेको छ।

स्वास्थ्यकर्मीहरू सक्रिय रूपमा घाइतेहरूको उपचारमा संलग्न रहेको जनाइएको छ।

इजरायली आपतकालीन सेवा संस्था मगेन डेविड अदोमले सार्वजनिक गरेका तस्बिरहरूमा विस्फोटपछिको भग्नावशेष र घटनास्थलमा सक्रिय आपतकालीन सेवा टोली देखिएको छ।

यो घटनाले इरान–इजरायल बीचको तनाव अझै टुंगिएको छैन भन्ने संकेत दिएको छ।

प्रकाशित मिति : २०८२ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *