२०८१ बैशाख १३ गते बिहिवार

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ ।

बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पुलको पिल्लरमा ठोक्किएर तल खाल्डोमा खसेलगत्तै बसमा आगो लागेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । बसमा ४८ जना यात्रु रहेका विवरण प्राप्त भएको र बाँकीको खोजी भइरहेको भन्दै पाकिस्तानी प्रहरीले बसमा रहेका सबैको ज्यान गएको आशङ्का गरेको छ ।

दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *