२०८१ जेष्ठ १५ गते मङ्गलवार

हुस्सुका कारण चीनमा सवारी दुर्घटना,१७ जनाको मृत्यु

बेइजिङ ,पुस २४ । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउन्टीमा भएको थियो । दुर्घटनाको कारणको गहिरो अनुसन्धान भइरहेको जनाइएको छ ।

दुर्घटनाको करिब एक घण्टा पछि, नानचाङ काउन्टी ट्राफिक प्रहरीले यस क्षेत्रमा ुकुहिरो मौसमु अनुभव गरिरहेको भन्दै चालकहरूलाई ट्राभल सुझाव जारी ग(यो । ‘ड्राइभिङ भिजिबिलिटी कम छ । यसले सजिलै ट्राफिक दुर्घटना निम्त्याउन सक्छ’ सुझावमा भनिएको छ ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *