२०८३ असार २८ गते आइतवार

अफगानिस्तानका २ वटा सहरमा बम विस्फोट, १६ जनाको ज्यान गएको पुष्टि


एजेन्सी । अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

बाल्ख प्रान्तको मजार–इ–शरीफमा रहेकाे एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ ।

तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विस्फोटमा परि घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका रोयटर्सले जनाएको छ ।

त्यस्तै कुन्दुजमा भएको आक्रमणमा चार जनाको ज्यान गएको छ । त्यहाँ १८ जना घाइते भएका छन् ।

अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि बम आक्रमण तथा विस्फोटका घटना कमी भएका थिए ।

पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस) ले लिएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *