२०८३ भाद्र १२ गते शुक्रवार

आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त

एजेन्सी । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन ।

मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरू पनि तीव्र रूपमा हुने र समस्या तथा असन्तुष्टिहरूको सम्बोधन हुने आशा गरिएको उनले बताए ।

नवनियुक्त सबै मन्त्रीहरूलाई आज सोमवार नै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन ।

नयाँ थपिएका मन्त्रीहरूमध्ये आठ जना पुराना मन्त्री नै दोहोरिएका छन् । यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यले सामूहिक राजीनामा दिएका थिए ।

देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि नागरिक आन्दोलित भएकाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

आर्थिक सङ्कटका कारण श्रीलङ्कामा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *