२०८३ असोज २९ गते बिहिवार

रुसी धनाढ्यमाथि अष्ट्रेलियाले लगायो प्रतिबन्ध

काठमाण्डौ,फागुन ३० । अष्ट्रेलियाले रुसी व्यवसायीहरु र तिनिहरुका परिवारहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

युक्रेनमाथि हमाला गरेपछि अमेरिका र बेलायतले रुसका केही व्यावयासी र तीनका परिवारलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

अष्ट्रेलियाले अमेरिका र बेलायतले गरेको निर्णयलाई सघाउँदै केही रुसी व्यवयासीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीमा समाचार छ।

रुसी धनाढ्यहरु रोमन अब्रामोविच, एलेक्से मिलर, दिमित्री लेबेडेभ, सर्गेई चेमेजोभ, निकोले टोकरेभ, इगोर शुभालोभ, किरिल दिमित्रीभ लगायतमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्धपछि उनीहरु सम्पत्ति जम्मा गर्ने अधिकारबाट बन्चित भएका छन्।

अष्ट्रेलियाले भनेको छ, ‘रसियाका आर्थिक र रणनीतिक महत्वका मानिसहरुलाई प्रतिबन्ध लगाउन अष्ट्रेलिया प्रतिबद्ध छ।’

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *