काठमाडौँ,फागुन १२ । रुसी सेनाले गरेको बम आक्रमणमा सात जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ ।
बीबीसीका अनुसार ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् ।
मारिउपोल शहरमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ । त्यस्तै अन्य १९ जना पनि बेपत्ता छन् ।
प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार