२०७८ असार ४ गते शुक्रवार

भारतले चिनियाँ सीमा निगरानी गर्न ड्रोन भाडामा लिदै


एजेन्सि, जेठ १३ । भारतीय सेनाले चिनियाँ सीमा निगरानी गर्न भाडामा ड्रोन ल्याउन लागेको छ ।
उस्ले इजरायलबाट चार वटा ‘हेरोन टिपी’ नामका अत्याधुनिक ड्रोन भाडामा ल्याउने बारे केही महिना पहिले नै सम्झौता गरेको थियो ।

भारतले इजरायलसँग सन २०२१ को सुरूमै ड्रोन भाडामा लिने सम्झौता गरेको थियो। उक्त सम्झौता अनुसार दूईवटा ड्रोन छिट्ट्रै आउने भएका छन् । थप दूईवटा भने केही समयपछि आइपुग्ने छन् ।एजेन्सिहरुले जनाए अनुसार इजरायल एरोस्पेस इन्डस्ट्रिजद्धारा निर्मित ती ड्रोनले सबै खाले मौसममा काम गर्न सक्छन् ।

१४ मिटर लामो त्यस्ता ड्रोनले हतियार समेत बोक्न सक्ने भएपनि भारतले ल्याउन लागेको ड्रोनले भने हतियार नबोक्ने बताइएको छ ।

सम्झौंतामा भरतीय सेनाले तीन वर्षका लागि ती ड्रोन भाडामा लिन लागेको उल्लेख छ । ती ड्रोन भारतले लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल आसपासमा छोड्ने भएको छ । गत वर्ष जुनमा गल्वान उपत्यकामा चिनिया सैनिकसंग भएको गोली हनाहानमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन नसकेको हुँदा दूई देशका बीचमा तनाब हुँदै आएको छ । पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ–आफ्नो दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *