२०८१ बैशाख ७ गते शुक्रवार

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

मङ्सिर २४।  भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताएका छन । सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएको स्रोतले जनाएका छन् ।

केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हँुदै आएका थिए । भारतमा कतिपय विज्ञहरूले उहाँलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको  राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ ।

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *