२०८३ जेष्ठ २२ गते शुक्रवार

दाङसहितका १४ जिल्लामा ३ दिन तातो हावा चल्ने, सर्तक रहन आग्रह


दाङ, जेठ २२ ।
दाङसहितका तराइका मधेसका १४ जिल्लामा अबको तीन दिनसम्म तातो हावा चल्ने हुँदा सर्तक रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै त्यस्तो आग्रह गरेको छ ।

विभागले लुम्बिनी प्रदेश अन्र्तगतका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट–सुस्तापश्चिममा तातो हावा चल्ने हुँदा सतर्क तुल्याएको छ । लुम्बिनी प्रदेश अन्तर्गत बिहीबार भैरहवाको तापक्रम ४१ डिग्री, नेपालगंजको ४० डिग्री सेलसियस मापन गरिएको थियो । विभागले लगातातार ४० डिग्र्री आसपास तापक्रम पुगेपछि ती स्थानमा तातो लहरसम्बन्धी चेतावनी, सूचना जारी गर्छ । मधेस र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा आगामी तीन दिनसम्म मध्यम तातो लहर हुने पनि महाशाखाले जनाएको छ।
त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट–सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई सूचना अध्ययावधि सूचना हेर्न अनुरोध गरिएको छ ।
बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्नसक्ने भएकाले सतर्क रहने अनुरोध गरिएको छ ।
तातो हावा बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत लक्षण देखिन सक्छन् ।
बच्नका लागि बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्ने, बाहिर धेरै ननिस्कने र हल्का लुगा अर्थात सुतीका कपडा लगाउन सकिन्छ ।
बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने पटक / पटक पानी तथा झोल पदार्थ जस्तै जुस, सर्वत आदि प्रशस्त मात्रामा पिउने गर्नु पर्छ । स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी परामर्ष लिन चिकित्सकले सुझाएका छन् ।
मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुकी तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेको छ । जस्मा विभिन्न १४ जिल्ला बासीलाई सतर्क रहन र अन्य सात जिल्ला बासीलाई अध्यावधिक रहन अनुरोध गरिएको छ ।
जारी विशेष बुलेटिनमा तराई भू–भागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा त्यो भन्दा बढी तापक्रम पुग्ने जनाएको छ । भैरहवामा ४१ र नेपालगंजमा ४० डिग्री तापक्रम मापन गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *