२०८२ मङ्सिर २७ गते शनिवार

टेलिकमले एफटीटीएचमा थप्यो यस्ता सुविधा


काठमाण्डौ, साउन ९। नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) सेवामा सुविधा थप गरेको छ । एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजअन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरू प्रयोग गर्न सकिन्छ । यस्तै कर्पोरेट प्याकेजअन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र १ वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरू उपलब्ध छन् । सबै नयाँ जडान गर्ने ग्राहकहरूलाई एकसय मिटर फाइबर निःशुल्क उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ ।

नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

यस्तै ६ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा ३ हजार छुट हुनेछ ।

प्याकेजहरूमा १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

कम्बोप्याक अन्तरगत २५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसैगरी ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । यो सुविधा गएको मंगलबारदेखि लागू भएको हो ।

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *