२०८१ भाद्र २६ गते बुधवार

जिमेलमा नँया फिचर अझै सजिलो जिमेल चलाउनलाई

जिमेल प्रयोगकर्ताका लागि गुगलले पछिल्ला केही महिनायता नयाँ-नयाँ फिचरहरु थप गरिरहेको छ । गुगलले पछिल्लो पटक जिमेलमा नयाँ स्मार्ट फिचर थप गरेको छ । उक्त फिचरले जिमेल कम्पोज गर्ने कामलाई अझै सजिलो तथा छिटो बनाउनेछ ।

गुगलले जिमेलमा स्मार्ट कम्पोज र स्मार्ट रिप्लाई फिचर थप गरेको छ । यी दुबै फिचर आर्टिफिसियल इन्टेलिजेन्समा आधारित छन् । यो फिचरले जिमेल प्रयोगकर्ताको टाइपिङ ह्याबिट बुझ्दछ र जब प्रयोगकर्ताले कुनै नयाँ इमेल कम्पोज गरी टाइप गर्न थाल्दछन् ।

त्यस्तै स्मार्ट रिप्लाई फिचरले कुनैपनि इमेलको जवाफ फर्काउने बेलामा उक्त इमेलको विषयवस्तुको आधारमा त्यसको जवाफ पनि सिफारिस गर्दछ ।

यो फिचर प्रयोग गर्नका लागि सुरुमा जिमेलमा लगइन गरेर त्यसपछि जिमेलको माथि दायाँतर्फको कर्नरमा दिइएको गियरमा क्लिक गर्नुपर्दछ । त्यहाँ क्लिक गर्दा सेटिंग्सको अप्सन आउँदछ यसमा गएर स्मार्ट कम्पोज राइटिंग सजेसन तथा स्मार्ट रिप्लाई फिचरको अगाडि दिइएको ‘अन’ अप्सन छनोट गर्नुपर्छ ।

मोबाइल फोनमा जिमेलको नया फिचर प्रयोग गर्नको लागि जिमेल एपको बायाँतर्फको साइड ड्रर ओपन गरेर त्यसको सबैभन्दा माथि रहेको सेटिंग्स अप्सनमा जानुहोस् र त्यसपछि स्मार्ट कम्पोज र स्मार्ट रिप्लाइको विकल्प देखिनेछ । ती दुबै विकल्पलाई अन गर्नुहोस् । एजेन्सी

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *