२०७८ असोज ८ गते शुक्रवार

सामसुङले नया स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

कार्तिक १३। एप्पलले सार्वजनिक गरेको आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे ।

अहिले आएर स्मार्टफोनसँगै चार्जर र इयरफोन नदिने अन्य कम्पनीहरुले पछ्याउँदै छन् ।

दक्षिण कोरियाली मिडियाहरुका अनुसार दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो आगामी फ्लागसिप स्मार्टफोनसँग चार्जर तथा इयरफोन नदिने योजना बनाएको छ ।

समाचार अनुसार सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एस २१ सँग चार्जर तथा इयरफोन हुनेछैन । सामसुङको यो निर्णयले वातावरण प्रदूषण कम गर्न सहयोग मात्र गर्ने छैन स्मार्टफोनबाट हुने कम्पनीको मुनाफामा पनि वृद्धि गर्नेछ ।

अब सामसुङले एस २१ सिरिजका ग्यालेक्स एस २१ प्लस तथा ग्यालेक्सी एस २१ अल्ट्रामा पनि चार्जर र इयरफोन दिनेछैन ।

कतिपयले चाहिँ इयरफोन र चार्जर एकसाथ हटाउनुको साटो सामसुङले सुरुमा स्मार्टफोनसँगै दिने इयरफोन हटाउने र अर्को चरणमा चार्जर पनि नराख्ने योजना बनाएको दाबी गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *