२०८१ चैत्र ४ गते सोमवार

पाकिस्तानले हटायो टिकटकमा लगाएको प्रतिबन्ध

काठमाडौं, कार्तिक ५। पाकिस्तानले भिडियो शेयरिङ एप टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको छ । टिकटकले अश्लीलता फैलाएको आरोपमा केही हप्ताअघि प्रतिबन्ध लगाएको थियो।

अश्लील भिडियो राख्ने वा अनैतिक चीजहरुको प्रसार गर्ने सबै प्रयोगकर्ताको अकाउन्ट टिकटकले ब्लक गरिदिएसँगै पाकिस्तानले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको हो ।

टिकटकले पाकिस्तान सरकारका शर्तहरु पालना गरी आफ्नो सामाग्रीमा कुनैपनि अश्लील तथा आपत्तिजनक सामाग्रीको प्रशारमा रोक लगाएको पाकिस्तानस्थित टिकटकका अधिकारीको भनाइ छ ।

भारत र अमेरिकापछि टिकटकले पाकिस्तानमा पनि दीर्घकालीन प्रतिबन्ध व्यहोर्नुपर्ने चर्चा चलिरहेको बेला पाकिस्तान सरकारको पछिल्लो कदमले चिनियाँ एप टिकटकलाई राहत मिलेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *