२०८१ चैत्र ४ गते सोमवार

सामसङ ग्यालेक्सी जेड फोल्ड २ मोवाइल को कति छ मूल्य ?

काठमाडौ,कार्तिक २। दक्षिण कोरियाली ब्राण्ड सामसङका ‘ग्यालेक्सी जेट फोल्ड २’ स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ।

एकसाता अघि नेपाली बजारमा सार्वजनिक गरिएको यो फोन कम्पनीले प्रि-बुकिङ खुलाएको थियो। अब भने ग्राहकले मोबाइल पसलमा गएर किन्न सक्नेछन्।

ग्यालेक्सी जेट फोल्ड२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको कम्पनीले बताएको छ।

स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको छ। उक्त फोनमा ठूलो कभर स्क्रिन र ठूलो स्क्रिन, जडान गरिएको छ।

यो स्मार्टफोनमा ६.२ इन्च डिस्प्ले जडान गरिएको छ । यसमा भएका प्रो भिडियो मोड, सिङ्गल टेक, ब्राइट नाइट र नाइट मोड जस्ता सुविधाहरुले उत्कृष्ट फोटो खिच्न सकिन्छ। फोनमा ४५ सय एमएएच ब्याट्री दिइएको छ।

यसको नेपालमा बजार मूल्य २ लाख ४९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।

ग्राहकले यो मिस्टिक ब्ल्याक र मिस्टिक ब्रोन्ज गरी दुई रंगमा किन्न पाउने कम्पनीले बताएको छ। कम्पनीले फोनमा टुटफुट भएमा १ वर्षको बीमा सुविधा समेत दिएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *