२०८१ कार्तिक १९ गते सोमवार

एप्पलले सार्बजनिक गर्यो आईफोन एसई

वैशाख ४। एप्पलले बिहिबार आफ्नो ‘आइफोन एसई’ आईफोन सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको आइफोन ११ मा प्रयोग गरिएको प्रोसेसर प्रयोग गरिएको छ।

आइफोन एसईमा ६४ जिबी, १२८ जिबी र २५६ जिबीमा उपलब्ध हुने भएको छ भने कालो, सेतो र रातो रंगमा पाइने छ ।

एल्मुनियम र ग्लास डिजाइमा बनेको आइफोन एसई पानी र धुलो प्रतिरोधी छ। ४.७ रेटिना एचडी डिस्प्ले भएको, टच आइडी विशेषता रहेको छ । यसमा फास्ट चार्जिङ र क्यूआइ सर्टिफाइड यसमा वायरलेस चार्जिङको सुविधा छ।

१२ मेघापिक्सेल वाइड क्यामरामा इमेज प्रोसेसर र ए१३ बायोनिकको न्युरल इन्जिन प्रयोग भएको छ।
यसमा आइफोन ११ का जस्तै क्यामरामा पोट्रेट मोड, लाइटिङ एफेक्ट र डेफ्त कन्ट्रोल जस्ता विशेषताहरु समेत छन्।

सार्वजनिक गरिएको आइफोन एसईको मूल्य भारतमा ४२ हजार ५०० सय निर्धारण गरिएको छ। अमेरिकामा भने अप्रिल १७ बाट यसको प्रिअर्डर सुरु हुँदैछ। बजारमा यो फोन कहिले उपलब्ध हुन्छ भन्ने बारेमा कम्पनीले जानकारी दिएको छैन्।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *