२०८३ साउन १० गते आइतवार

गायक चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड” र “हाँसि देउन” म्युजिक भिडियो सार्वजनिक


तुफानबाबु श्रेष्ठ,काठमाडौँ, असोज ७ । बाल्यकाल देखिनै सल्यान जिल्लाबाट आफ्नो साङ्गितिक यात्रालाई निरन्तरता दिईरहेका गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड” र सोही एल्बमको “हाँसि देउन” बोलको म्युजिक भिडियो राजधानीमा आयोजित विशेष समारोहका बीच लोकार्पण गरिएको छ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंह, प्रख्यात गीतकार लोकराज अधिकारी र सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतका अतिथिहरूले संयुक्त रुपमा गीति सङ्ग्रह र म्युजिक भिडियो सार्वजनिक गर्नुभयो। कार्यक्रममा कलाकार, सञ्चारकर्मी, सङ्गीतप्रेमी र चेतन राईका शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो।

सङ्गीतकार सिंहले चेतन राईलाई बहुमुखी प्रतिभाका धनी कलाकारका रुपमा चित्रण गर्दै उहाँलाई नेपाली सङ्गीत बजारमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन ।

गीतकार अधिकारीले तीन दशक अघिदेखिको चिनजान र पछिल्ला दुई गीतमा सहकार्यको अनुभव सुनाउँदै एल्बमका गीतहरू श्रोताले मन पराउने विश्वास व्यक्त गरे ।

त्यस्तै, सङ्गीतकार श्रेष्ठले डेढ दशकदेखि चेतनलाई चिन्दै आएको र उनले चुपचाप निरन्तर सङ्गीतकर्म गर्दै आएको भन्दै उनको पहिचान गहिरो र सिर्जनात्मक रहेको उल्लेख गरे ।

“हाँसि देउन” बोलको म्युजिक भिडियोमा सुजन सुवेदी र ज्योति खड्काको अभिनय रहेको छ। गीतको शब्द लोकराज अधिकारीले लेखेका हुन् भने गायन, सङ्गीत र निर्देशन स्वयं चेतन राईकै हो। भिडियोको छायाङ्कन सविन तिमल्सिना र सङ्गीत संयोजन सबिर कार्कीले गरेका हुन ।

गायक चेतन राईले सङ्गीतलाई आफ्नो जीवन र कर्मक्षेत्रको रुपमा ग्रहण गर्दै निरन्तर नयाँ सिर्जना ल्याइरहने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा पनि नेपालीपन बोकेका गीतमार्फत श्रोता–दर्शकलाई मनोरञ्जन दिने र सन्देशमूलक सिर्जना ल्याउने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा उपस्थित सबैले चेतन राईको नयाँ गीति सङ्ग्रह र म्युजिक भिडियोको सफलता र लोकप्रियताको शुभकामना व्यक्त गरेका थिए।

भिडियो हेर्नका लागि लिंक क्लिक गर्नुहोस :-

https://youtu.be/Tc_jfnROkOA?feature=shared

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *