२०८२ बैशाख ११ गते बुधवार

भुपेन्द्र बुढाथोकीको गीत ट्रेन्डिङमा

तुलसीपुर, जेठ २० । दंगाली गीतकार भुपेन्द्र बुढाथोकीको नयाँ गीत ‘भाग्य लेख्ने भगवान कहाँ छौ’? सार्वजनिक भएको छ ।

चार दिन पहिले सार्वजनिक गीतले चार लाख २० हजार भ्यूज पाएको छ । गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङमा पर्न सफल भएको छ। प्रहरी निरीक्षकसमेत बुढाथोकीले आफ्नै युट्युब च्यानल मार्फत आधुनिक गीत सार्वजनिक गरेका हुन ।

पीडा र बिरहले भरिएको गीतमा सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको स्वर छ । मोडलमा विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय छ। गीतमा ऋषि खड्काले संगीत र एरेन्ज कमल सौरागको रहेको छ ।

विक्रम चौहानको कथा एवं निर्देशनमा बनेको भिडिओलाई प्रकाश खड्काले छायांकन, मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।
यसअघिपनि बुढाथोकीका गीतहरु निकै रुचाइएका थिए ।

https://m.youtube.com/watch?v=pLWS9Ywvbvc

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *