२०८१ बैशाख ८ गते शनिवार

लोकराज अधिकारीको ‘झ्यालको पर्दा’ सार्वजनिक

दाङ, जेठ २ । पछिल्लो समय निकै चर्चित गितहरुमा शब्द संयोजन गरेका गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारीको ‘झ्यालको पर्दा’ सार्वजनिक भएको छ । अन्जु पन्त र रोशन अधिकारीको आवाज रहेको लोक फ्लेभरको गीतलई अहिलेका चर्चित सङ्गितकार अर्जुन पोखरेलले संगित गरेका छन् । बुधवार सार्वाजनिक ‘झ्यालको पर्दा’ शिब बिकको निर्देशनमा बनेको डान्सिङ मडर्न लभ संगको भिडियोमा प्रियंका कार्की र रोशन अधिकारीको अभिनय रहेको छ भने त्यसलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

डिजिटल प्रबिधिका किर्तिमानी नेपाली गीतकार लोकराज अधिकारी २०६७ सालमा बजारमा आएको महिला तर्फ अन्जु पन्त र पुरुष तर्फ शिबिर योगीको स्वर रहेको ‘तिम्ले पराई ठाने पछि…’ बोलको गीतले नेपाली सुगम संगीतमा गतिलो स्थान मात्र बनाएन यसका संगीतकार सन्तोष श्रेष्ठ र गीतकार लोकराज अधिकारीलाई नेपाली संगीतमा स्थापित बनएको छ । त्यसपछि गीतकार अधिकारीलाई कहिलै पछाडि फर्कनु परेन । त्यो गीतसंगै उनको परिचय मात्रै स्थापित भएन उनले त्यसवाट राम्रै रोयल्टी समेत बुझेको बताए ।

अधिकारीको त्यो गीतले तत्कालिन समयमा भित्रिएको डिजिटल प्रबिधि अन्र्तगतको कलर रिङ ब्याक टोन सिआरबिटीमा (झण्डै ४ लाख पटक ) अर्थात सर्बाधिक डाउनलोड हुने किर्तिमान पनि कायम गरेको थियो । यो रेकडलार्ई अहिले सम्म कुनै गीतले ब्रेक गर्न सकेका छैनन । त्यस अर्थमा गीतकार अधिकारी आँफुलाई गीत संगीतको क्षेत्रमा पहिलो कीर्तिमानी गीतकारका रुपमा अथ्र्याउन खोजे ।

दाङका स्थायी बासिन्दा अधिकारीको चलचित्र शत्रु गतेमा समाबेश गीतमा शब्द छ । टंक बुढाथाकीको संगीत र मिना निरौलाको स्वरमा रहेको ‘रुपै मोहनी…’ बोलको गीत युट्युवमा एकै दिनमा सर्बाधिक हेरिने गीतको कीर्तिमान कायम गरेको थियो । त्यो गीतलाई सार्बजनिक भएको २४ घन्टामा ८ लाख ३२ हजार पटक हेरिएको थियो । यस अघि यो रेकर्ड ‘छक्का पञ्जा दुई’को ‘नाइलनको साडिमा’… बोलको गीतले राखेको थियो । जस्लाई एक दिनमा ८ लाख १६ हजार पटक हेरिएको थियो ।

बिगत दुई दशक देखि पत्रकारिताका साथसाथै गीत लेखनमा सक्रिय गीतकार लोकराजका हालसम्म लोक आधुनिक पप राष्ट्रिय र चलचित्र गरि १०० भन्दा बढी गीत रेकर्ड भइसकेका छ्न । अधिकारीले सर्बोत्कृष्ट गीतकारका रुममा नेपाल भित्र भएका बिन्दबासिनी म्यूजिक अवार्डमा म्यूजिक खवर म्यूजिक अवार्ड’, सगरमाथा म्युजिक अवार्ड,नेशनल पावर न्यूज म्युजिक अवार्ड,राष्ट्रिय संगीतकर्मी संघ म्युजिक अवार्ड प्राप्त गरिसकेका छन् । त्यस्तै गीतकार अधिकारीले भारतमा भएको नेपाली गौरब र थाइल्यान्डमा भएको छायाछबी अन्तर्रा्ष्ट्रिय अनर अवार्ड, अस्ट्रेलियामा भएको राप्ती अन्तराष्ट्रिय म्यूजिक अवार्ड समेत प्राप्त गरेका छन् ।

‘डिभोर्स र दरार’ एकल गीति संग्रह सार्बजनिक गरेका अधिकारीको ‘हैसियत’ नामक संयुक्त गजल संग्रह पनि प्रकाशित कीर्ति हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *