२०८२ असार ७ गते आइतवार

बाबुकै पथमा छोरा (भिडियो सहित)


शिव पुन,
दाङ,वैशाख २३। नेपाली सुगमसंगीत र चलचित्र गीतको क्षेत्रमा विभिन्न रेकर्ड बनाउन सफल गीतहरू “तिमिले पराई ठानेपछी” र “रुपै मोहनी” गीतका गीतकार एवं वरिष्ठ संचारकर्मी लोकराज अधिकारीका छोरा जेल्सन अधिकारीले सन्देशमुलक सर्ट फिल्मबाट रजतपटमा डेब्यु गर्दै बाबुकै पेशा अंगालेका छन्। मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको “Unsaid Words” नामक सर्ट मुभीमा जेल्सनको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

थुप्रै समसामयिक एवं सन्देशमुलक सर्ट मुभीहरु निर्माण गर्दै आएको अभियान्ता टिमले निर्माण गरेको फिल्मलाई हरिश क्षेत्रीले निर्देशन गरेका छन् । फिल्म युट्युवमा सार्वजनिक भएसङ्गै हाल ओस्कार कलेजमा ब्याचलर पहिलो वर्षमा अध्ययनरत जेल्सनको अभिनयको धेरैले प्रशङ्शा गरेका छन्।अडिसनबाट यो सर्ट मुभिका लागि छनोट भएका जेल्सनले ओस्कार कलेजमा वरिष्ठ कलाकार अनुप बराल संग अभिनयको कक्षा लिइरहेका छन् भने उनले साथमा फिल्म निर्देशन सम्बन्धि कोर्सपनि संगसंगै पढ्दै आएका छन् ।

जेल्सन अधिकारी संगै मेनुका तुलाधर र अनिश तन्दुकारको पनि मुख्य भुमिका रहेको मुभिलाई निश्चल मानन्धरले खिचेका हुन्।पहिलो प्रयासबाटै निकै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि जेल्सन आगामी दिनमा अझ मेहनत गर्दै दर्शकका लागि राम्रा र स्तरीय फिल्महरु बनाउने कुरा समेत बताउछन् ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *