२०८१ बैशाख ८ गते शनिवार

चलचित्र पत्रकार दाङले दिवस मनाउने


दाङ, वैशाख २२ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । उस्ले जेठ ७ मा दिवस मनाउँदै आएको छ । संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा वसेको वैठकले दिवसको अवसरमा मैत्रिपूर्ण खसीकप फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । आपसी सम्वन्ध प्रगाढ बनाउन कलाकार र पत्रकारका बीचमा त्यो प्रतियोगिता हुने बताइएको छ।

त्यसै दिन दाङका सिनेमा हलको अवस्था,व्यवस्थापन र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा चलचित्र क्षेत्र संग सम्वन्धित व्यक्तित्वहरुको उपस्थिति रहने जानकारी दिइएको छ । त्यसका लागि पदाधिकारीका बीचमा जिम्मेवारी बाडफाड गरिएको छ । मैत्रिपूर्ण फुटवल प्रतिगोताका लागि संघका सचिव सन्तोष केसीको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । त्यो समितिको सदस्यहरुमा शिव पुन र लक्ष्मण वस्नेत रहेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *