तुलसीपुर, वैशाख १६। संचारकर्मी प्रिती स्वर्णकारले आफ्नो लोकपप गीत बजारमा ल्याएकी छिन । पेशाले उनि एक कुशल रेडियो कार्यकम संचालिका हुन ।
सानै उमेर देखि रेडियो टेलिभिजनमा बोल्न गित गाउन र नाच्न रुचि भएकी प्रितीले लामो समयको संचार जगत संग संगै गित-संगित क्षेत्रमा पनि आफुलाई स्थापित गर्ने प्रतिबद्धता सहित आफ्नो गीत बजारमा ल्याएकी छिन ।
सार्बजनिक भएको गीत ‘धमाका’ नामक लोकपप गीति एल्बम बाजारमा सार्बजनिक भएको छ । उक्त गीतको शब्द / रचना स्वर उनको आफ्नै रहेको छ भने उनलाई गायक जनक बिवस न्यौपानेले साथ दिएका छन। गितमा संगीत जनक बिबश न्यौपाने,एरेन्ज राजु कार्की, रेकर्डर सुरेश राईको रहेको छ ।
प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार