२०८१ बैशाख ८ गते शनिवार

पुनम पाण्डे पनि यौन दुर्व्यवहारकाे शिकार !

‘मि टु’ अभियानरुपी ज्वारभाटाले बलिउडमा एकपछि अर्को हस्तिलाई लपेट्दै लगिरहेको छ । नाना पाटेकरबाट सुरु भएको यो सिलसिला आलोकनाथसम्म आइपुग्दा बलिउडको यथार्थ चित्र निकै विद्रुप देखिएको छ ।

विगतमा आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै घटना सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहँदा यसमा सामेल भएकी छन् पुनम पान्डे । कसैले पत्याओस वा नपत्याओस, पुनमले पनि आफूमाथि फिल्मको सुटिङका क्रममा प्रौढ अभिनेताले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

उनका अनुसार यो घटना उनले अभिनय गरेको फिल्म ‘द जर्नी अफ कर्मा’ को सुटिङका क्रममा भएको हो । यो फिल्ममा उनको शक्तिकपुरसँग बेड सिन थियो । शक्तिको नाम नलिइकन पुनमले लेखेकी छन्, ‘ती वृद्ध अभिनेतासँगको बेडसिन अहिले पनि सम्भिmरहेकी छु । सुटिङ गर्दा उनी यस्तो मुडमा थिए, मानौं हामी साँच्चिकै सेक्स गर्न गइरहेका छौं । मलाई साह्रै असहज भएको थियो ।’

पुनमको कुरा गर्दा उनी स्वयम् चरित्रहिन रहेको आरोप लाग्ने गरेको छ । उनी सामाजिक सञ्जालमा आफ्ना अर्धनग्न तस्वीरहरु सार्वजनिक गरिरहन्छिन् । चर्चाका लागि जेसुकै हर्कत गर्न तयार हुने पुनमले शक्ति कपुरमाथि लगाएको आरोप पनि एउटा फन्डा हुन सक्ने कतिपयको आशंका छ ।

तर, अर्को कोणबाट हेर्दा शक्ति कपुर पनि सही नियतका मान्छे भने होइनन् । उनले अभिनेत्रीहरुमाथि गलत नजर लगाउने गरेको बारम्बार सार्वजनिक हुने गरेको छ । एकपटक नेपाल आउँदा उनले नेपालकी अभिनेत्री रेखा थापासँग गलत शैलीमा प्रस्तुत भएपछि रेखाले सार्वजनिकरुपमा नै आपत्ति जनाएकी थिइन् ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *