२०८१ बैशाख ७ गते शुक्रवार

‘प्रेमनाथ’ को ट्रेलर सार्बजनिक, प्रेम, एक्सन र रोमान्सले भरिपूर्ण

काठमाडौं – प्रेमकथामा बनेको फिल्म ‘प्रेमनाथ’को ट्रेलर सार्वजनिक गरिएको छ ।  करिब तीन मिनेटको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले भरिपूर्ण रहेको छ । ट्रेलर हेर्दा फिल्म साउथ शैलीमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।

२५ सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको फिल्म कलाकार गणेश बेलवासेले निर्देशन गरेका हुन् ।

फिल्ममा सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ ।

उक्त फिल्म २२ चैत्रबाट प्रदर्शनमा आउने फिल्मबाट कृति गौतम र मोनालिशा विष्टले अभिनयमा डेब्यु गरेका छन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेका छन् । ‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । फिल्मको संगीतकारमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगी रहेका छन् ।

प्रकाशित मिति : २०७५ पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *