२०८१ बैशाख १३ गते बिहिवार

‘चौका दाउ’ को ट्रेलर सार्बजनिक

मंसिर २६ ।
नेपाली फिल्म ‘चौका दाउ’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।फिल्मको ट्रेलरमा नायिका बर्षा राउतको पछि ४ पुरुष दौडिएको देखाइएको छ । फिल्ममा बर्षाको साथमा रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका छ ।

प्रस्तुतकर्ता, संगीत शम्भुजित बास्कोटा रहेको यस फिल्ममा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो फिल्ममा सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारीको निर्माण छ । यो फिल्म पौषको २७ गतेबाट रिलिज हुने जानकारी  निर्माणपक्षले दिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *