२०८१ पुष २९ गते सोमवार

सोनाली घर फर्कीइन

मुम्बाई, भारत  मङ्सिर १७।  बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किएकी छिन । उनि सोमबार विहान मुम्बाई फर्केकी हुन्  ।

सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्किएको उनका श्रीमान गोल्डी बेहलले बताएका छन । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताए । करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताएका छन ।

अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताए । अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *