आजबाट छायांकन सुरु गर्न लागेको नेपाली फिल्म ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजर भने केही दिन अगाडि मात्र छायांकन गरिएको थियो । फागूण १७ गते रिलिज गर्ने योजनाका साथ यो फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गर्न लागेका छन ।
फिल्ममा कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका छन् भने नायक दयाहाङ राइलाई समेत देख्न सकिन्छ । यो फिल्मको घोषणा कार्यक्रममा दयाको नाम सार्वजनिक गरिएको थिएन भने यो फिल्ममा दयाको भूमिकाले दर्शकमा कौतुहलता अझै बढाउनेछ । ‘जात्रा’ हिट भएको २ बर्षपछि यसको सिक्वेल बनाउन लागिएको हो ।
प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार