२०८३ बैशाख १५ गते मङ्गलवार

नेपाल परियोजना अन्तरगत धानखोला – लमही सडक खण्ड स्तरोन्नति काम औपचारिक रुपमै सूरु हुँदै

तुलसीपुर, बैशाख १५ ।

नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को लगानीमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत आयोजनाको काम बुधबारदेखि औपचारिक रुपमा सुरु हुने भएको छ ।
धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड स्तरोन्नति कार्यको बुधबार औपचारिक रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचायले गर्दै छन् ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले आयोजना अन्तर्गत भालुवाङस्थित होटेल पौवा अगाडि बुधबार बिहान १० बजे मुख्यमन्त्रीले औपचचारिक रुपमा सडक निर्माण कार्यको शुभारम्भ जानकारी दिएका छन् ।

टेण्डर प्रक्रियाबाट यो सडक खण्ड निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा / कुमार जेभीले पाएको छ। गत पुस ७ गते एमसीए – नेपाल र निर्माण कम्पनीका बीचमा सम्झौता भएको थियो । सम्झौता अनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र पुरा गर्नुपर्ने छ ।
निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) मा काम गर्ने जिम्मा लिएको छ । अन्तराष्ट्रिय स्तरको र त्यसमा पनि एमसीसी परियोजनाअन्तर्गत पूर्ण रूपमा नेपाली कम्पनीले मात्रै काम गर्ने गरि जिम्मा पाएको यो नै पहिलो परियोजना हो ।
नेपालमै पहिलो पटक फूल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधिको प्रयोग गरि सडक निर्माण गरिने भएको छ ।

एमसीएका अनुसार हाल सडक कालोपत्रेका लागि प्रयोग गरिएका बालुवा, गिट्टी जस्ता बस्तु भविश्यमा प्रशोधन गरी पुनः सोही कार्यका लागि प्रयोग गर्न सकिने छ । यसरी सडक निर्माण गर्दा सडक थप बलियो र टिकाउ हुने तथा जलवायु अनुकूल हुने विश्वास छ ।

एमसीए – नेपालका संचार बिज्ञ माथेमाले उल्लेख गरेका छन् । पुराना सडकका सामग्रीलाई नै प्रशोधन गरेर पुनः प्रयोग गरिने हुनाले यो प्रविधि वातावरणीय हिसाबले पनि सुरक्षित मान्ने गरिन्छ ।
एमसीए – नेपालका संचार बिज्ञ पुष्कर माथेमाका अनुसार फूलडेप्थ रिक्लेमेशन (एफडीआर) बिधि भनेको पुरानो सडकमा पहिले भएका पदार्थहरूलाई धूलो बनाउनुका साथै स्थिरीकरण गरी पुनःप्रयोग गरेर उक्त सडकको पुनःनिर्माण गर्ने विधि हो ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *