२०८१ पुष २९ गते सोमवार

महिलाहरुको सामुहिक च्याउ खेती

बिमल योगी, दाङ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ६ पक्वैका महिलाहरुले सामुहिक च्याउ खेती सुरु गरेका छन । उनीहरुले एफ वान साना किशान कृषक समुह गठन गरी सामुहिक रुपमा च्याउ खेती सुरु गरेका हुन ।

आफ्नो आयस्तरबृद्धि संगै स्वरोजगार बन्ने उदेश्यले च्याउ खेती सुरु गरेको उनीहरुले बताएका छन् । समुहको एक लाख ९३ हजार सात सय ३७ रुपैंया र कृर्षी बिकास मन्त्रालय अन्तरगत साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको तीन लाख ४४ हजार पाँच सय ४८ रुपंैया अनुदान गरी पाँच लाख ३८ हजार दुई सय ८५ रुपैयाको लागतमा च्याउ खेती सुरु गरिएको समुहकी अध्यक्ष कुमारी चौधरीले जानकारी दिइन ।

च्याउ खेती गर्न पाँच वटा च्याउ घर,एउटा पराल धुने घर,पराल काट्ने मेसिन,तापक्रम मापन गर्ने थर्मोमिटर लगायतका सामाग्री समेत निर्माण तथा खरिद गरिएको छ । उक्त च्याउ खेतीमा २४ घरधुरीका महिला आवद्ध रहेका छन ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *