२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीमा ५ सय टेम्पोहरुलाई मात्रै चल्न दिईने, दर्ता विना चल्न नपाउने

घोराही उपमहानगरपालिकाले उपमहानगरपालिकामा दर्ता भएका अटो टेम्पोहरुलाई मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपमहानगरपालिकाको टेम्पो तथा इ—रिक्सा व्यवस्थापन समितिको विहिबार बसेको बैठकले नगरमा ५ सय वटा अटो तथा टेम्पोहरुलाई मात्रै दर्ता गराउने यस अघिको निर्णय अनुसार अब दर्ता नभएकोहरुलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । समितिका संयोजक एवं उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा आज बसेको समिति बैठकले उपमहानगरमा दर्ता नभई सञ्चालनमा आउने अटो तथा टेम्पोहरुलाई रोक लगाउन ट्राफिक प्रमुख मदनबहादुर कुँवरलाई जिम्मेवारी दिएको छ ।

समितिको यस अघि २०७५ साल बैशाख २० गतेको बैठकले बढ्दो सवारी यातायात र सडकको अबस्थालाई मध्यनजर गरि ५ सय वटा अटो टेम्पोहरुलाई मात्रै सञ्चालन गर्न रुटपरमिट दिने निर्णय गरेको थियो । बैठकले उपमहानगरपालिकामा दर्ता भएका सवारी साधनलाई दर्ता नम्बर, राजस्व प्रमुखको हस्ताक्षर र कार्यालयको छाप सहित स्टीकर जारी गर्ने निर्णय भएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले निर्धारण गरेको पार्किङ स्थलमा मात्रै पार्किङ गर्ने र यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको भाडादर सबैले देख्ने गरी अटो पार्किङ स्थलमा र प्रत्येक अटो टेम्पोहरुमा टाँस गर्ने निर्णय गरेको छ । साथै दर्ता भएको अटो टेम्पोहरुलाई दिने इस्टीकर र प्रालिहरुबाट जारी भएका स्टीकरको रंग र नमूना फरक फरक गरि टेम्पोहरुमा टाँस्ने निर्णय भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *