२०८३ मङ्सिर ४ गते बिहिवार

आज सुनको मूल्य २ लाख ५७ हजार ६ सय


दाङ, मंसिर ३ ।


बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा तीन हजार तीन सय रूपैयाँ घटेको छ ।


आज सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सुन बुधबार प्रतितोला ६ हजार तीन सय रूपैयाँ घटेको थियो ।
बुधबार सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबारदेखि सुन निरन्तर घटिरहेको छ ।


त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज प्रतितोला ४५ रूपैयाँ घटेको छ ।

आज चाँदी तोलामा तीन हजार तीन सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार प्रतितोला तीन हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस तीन हजार सात सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *