२०८१ बैशाख १३ गते बिहिवार

सुनको मूल्य तोलामा दुई सयले बढ्यो

काठमाडौँ ,माघ २५ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ।

अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार आठ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार तीन सय छ। यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार एक सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *