२०८१ बैशाख १० गते सोमवार

सुनको मुल्य तोलामा ५ सयले बढ्याे, आज कतिमा हुँदैछ काराेबार?

काठमाडौँ ,माघ १८ । आज साताकाे चाैँथाे काराेबार दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ पुगेको छ।

मंगलबार चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *