काठमाण्डौ,माघ १६ । सुनको भाउ आज पनि बढेको छ ।
तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ १ लाख ६ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ६ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी हिजो जस्तै आज पनि तोलामा एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार