काठमाडौँ ,माघ ११ । साताकाे चाैँथाे काराेबार दिन बुधाबार नेपाली बजारमा सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लाे काराेबार दिन मंगलबार बढेर नयाँ रेकर्ड कायम गरेकाे सुनकाे मूल्य आज भने घटेकाे हाे।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।
यता, मंगलबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।
बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको छ।
प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार