२०८१ बैशाख १२ गते बुधवार

सुनको मूल्य ६०० सयले घट्यो

काठमाडौँ,माघ ४ । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु ६०० ले घटेको छ।

हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ। यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *