२०८१ बैशाख १३ गते बिहिवार

सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौँ ,पुस २८ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो।

यता, बिहीबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १३ ‘सय ६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको थियो।

 

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *