२०८१ बैशाख १२ गते बुधवार

शेयर बजार आज ३ अङ्कले घट्यो, ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार

काठमाण्डौ,पुस १९ । शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । दिनभर घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६१ दशमलव शून्य छ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय ५७ वटा कम्पनीका ८२ लाख २२ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज धौलागिरि र खप्तड लघुवित्त, तथा श्वेतगंगा हाइड्रो र अजोड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । वीन नेपाल लघुवित्त र बोटलर्स नेपाल कम्पनीको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *