२०८१ जेष्ठ ८ गते मङ्गलवार

सुनको भाउ तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाण्डौ ,पुस ७ । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *