२०८३ भाद्र १२ गते शुक्रवार

जनजाती चिनाउन खाना महोत्सव

दाङ । जिल्लामा रहेका आदीवासी जनजातीहरुलाई चिनाउन दाङको चखौरामा खाना महोत्सव गरिएको छ । थारु, मगर, नेवार, गुरुङ, कुमाल, कुसुन्डाको परम्पारगत खाना र सस्कृतिको चिनारी दिन र परिकारहरुको बजारीकरणको लागि दाङमा महोत्सव लगाइएको हो ।

चैत्र २९ देखि सुरु भएको महोत्सव बैशाख ३ गते सकिएको छ । महोत्सवमा २० जना आन्तरिक पर्यटकले अवलोकन गरेर खाना महोत्सवमा सहभागि भएको आयोजना सस्था चखौरा होमस्टेले जनाएको छ ।

जनजातीको भान्सामा पाक्ने टिपिकल खानाहरुको परिकार महोत्सवमा राख्ने समुदायर परिकारको चिनारी बढाउदै बजारी करण गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको चखौरा होम स्टेका प्रमुख व्यवस्थापक आशाराम चौधरीले बताए ।

महोत्सवको मुख्यध्यय जनजातीको परिकार चिनारी, कला सस्कृति र खानपानबजारी करण तथा पर्यटक प्रवद्र्धन गर्ने रहेको र ५ दिन सम्म यो गरिएको बताए । समुदाय स्तरमा पर्यटकीय पहुच बडाउन र समुदायिक होमक स्टे संञ्चालन गरेर आयआर्जन को समेत विकास गराउने गरि खाना महोत्सवको सुरुवात गरिएको उनले बताए ।

खानाका विभिनन परिकार, हस्तकाला, परमपरा र सस्कृति अनुसार निर्माण गरिएका सामग्री, कला सस्कृति प्रदर्शनी महोत्सवमा गरिएको आयोजजक सकिति संयोजक शान्ता चौधरीले बताइन । सेभ द कल्चर सेल द कल्चर भन्ने नारा लिएर आदिवासी जनजातीहरुको खानपानलाई पर्टकटीय थलो बनाउनु पर्ने चौधरीको भनाई छ ।

थारु सास्कृतिक संग्रालय स्थल चखौरामा गरिएको महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र स्थानीय उतपादन र खानपानको बजारी करणमा सहरीकरण गर्ने विश्वास लिइएको छ । महातसवको समापन कार्यक्रम चखौरा होम स्टेका अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा तथा नेपाल मगर संघका सल्लाहकार टोप बहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *