२०८३ भाद्र ११ गते बिहिवार

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ,चैत ३ । हिजो अस्ति लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

सुनको भाउ हिजो तोलामा १२ सय रुपैयाँले र अस्ति १८ सय रुपैयाँले घटेको थियो ।

आज भने तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय ९० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *